काठमाडौंं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्काल पार्टीको महाधिवेशन बोलाउन मागगर्दै कांग्रेसमा नेतृत्व परिवर्तनको खाँचो रहेको बताएका छन । कोइरालाले अहिलेको नेतृत्वबाट पार्टी सञ्चालन हुन नसक्ने भन्दै चाँडो महाधिवेशन बोलाएर नयाँ नेतृत्व चयन गर्नुपर्ने बताएका छन ।
उनले पार्टी सभापति शेरवहादुर देउवा अधिनायकवादतर्फ उन्मुख भएको आरोप पनि लगाएका छन । कोइरालाले पार्टी सभापति विधान र सहमति दुबै मिचेर अगाडि बढेको भन्दै देउवाको विरोध पनि गरेका छन ।
दुई महिनाभित्र गर्नुपर्ने पदाधिकारी चयन दुई वर्षसम्म नगरेर विधान मिचेको र अहिले पदाधिकारी नियुक्त गर्दा सहमति विपरित हिँडेको कोइरालाको भनाइछ । उनले बिधानमा भएको एउटा धारा निलम्बन गरेर विधान सम्वत बनाउने र सहमति गरेर पदाधिकारी नियुक्त गर्ने बाटो हुँदाहुँदै सभापति देउवाले दुबैलाई लत्याएको आरोप लगाए ।
सोमवार विराटनगरस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरागर्दै कोइरालाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा मनोनित भएका नेताहरु योग्य, पुराना नेताहरु भएपनि गलतबाटो बाट भएको बताए ।
नेता कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भम्रण सकारात्कम भएको भन्दै भारतीय जनता पार्टीका सांसद आजादले जनकपुर भारतलाई फिर्ता गर्नुपर्ने भनि दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको दावी गरे ।
उनले मोदीको नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्ति उपयुक्त नरहेको टिप्पणी गर्दै घरको कुरा घरमा मिलाउँदा राम्रो हुने बिचार व्यक्त गरे ।
प्रतिक्रिया