देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीको संसदमा सम्बोधन : राउतलाई गाली आजादलाई उन्मुक्ति

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर दुइलाई बिहारसंग मिलउनुपर्छ भन्ने भारतीय सांसदको भनाई खण्डन गर्न अश्विकार गरेका छन ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति भने असन्तुष्टि जनाएका छन ।

मोदीको भ्रमणबारे आईतवार संसदलाई जानकारी दिँदै ओलीले मुख्यमन्त्रीको नाम नलिई नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त भएको बताए ।

उनले यो नेपाल सरकारको नीति अनुसार नभएको र भर्सना योग्य भएको उल्लेख पनि गरे । जनकपुरधाममा शुक्रबार आयोजित मोदीको अभिनन्दन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विभेदकारी भएको अभिव्यक्ति दिएका थिए ।

यसको खण्डन गर्दै आलीले विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि आफूहरुको संघर्ष जारी भन्ने मुख्यमन्त्री राउतको भनाईको खण्डन गरे । प्रधानमन्त्री ओलीले जनकपुरलाई भारतमा मिलाउन माग गर्ने भारतीय सांसद कीर्ती आजाद नेपालको भने खण्डन गरेनन् ।

आजादको अभिव्यक्तिको कांग्रेसले चर्को विरोध गर्दै आजादलाई नेपालको दुस्मन भएको बताएको छ । जनकपुर, प्रदेश नम्वर दुई, मधेश र नेपालकै अस्मितामाथि धावा बोल्ने आजादलाई दुस्मन नदेखेका प्रधानमन्त्री आलीले संबिधानमा अपनत्व खोज्ने मुख्य मन्त्रीको भने बिरोध गरेका छन ।

दुई सय बर्ष अघी जनकपुर नेपाललाई दिएको भन्दै भारीतय सांसद आजादले जनकपुरलाई भारतमा मिसाइ मिथिला राज्य बनाउन भारतीय प्रधानमन्त्री जनकपुर भ्रमणमा रहेकै बेला आग्रह गरेका थिए । आजाद मोदीकै पार्टी भारतीय जनता पार्टीका सांसद हुन् ।