काठमाडौं । विवेकशील साझा पार्टीका प्रदेश ५ का संयोजकसहित एक दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन् ।केन्द्रीय कार्यालयमा राखिएको ब्यानर प्रहरीले हटाएको विरोधमा विवेकशील साझाका नेता कार्यकर्ताले आज बुटवल पुष्पलालपार्कमा प्रदर्शन भएको थियो ।
प्रदर्शनमा संलग्न विवेकशील साझा पार्टीका ५ नंं प्रदेश संयोजक अनुपमान सैंजू र रुपन्देही जिल्ला संयोजक हरिकृष्ण अधिकारीसहित १२ जनालाई पक्राउ गरेको हो ।
ट्राफिकचोकबाट पुष्पलालपार्कसम्म भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी पक्राउ गर्नुका साथै ब्यानर खोसेको छ । प्रदर्शनमा सहभागीले ‘मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएका छैनौं’ लेखिएको ब्यानर र प्लेकार्डहरु बोकेका थिए ।
प्रतिक्रिया