देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतीय सांसद आजादले जनकपुरलाई बिहारमा मिसाउन मोदी सँग गरे आग्रह

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले भारतीय सांसद कीर्ति आजादको विवादित बयानको विरोध गर्नुभएको गरेका छन। जनकपुरलाई भारतमा मिसाउनुपर्छ भन्ने दरभंगाबाट निर्वाचित लोकसभा सदस्य कीर्ति आजादको भनाईको उपसभापति निधिले ट्वीटमार्फत विरोध गरेका हुन ।

निधिले कीर्ति आजादजस्तो जिम्मेवार व्यक्तिको यस्तो गैरजिम्मेवार टिप्पणी आउनु दुवै देशको अखण्डताका लागि खतरापूर्ण भएको भन्दै उनलाई कारवाही गर्न माग गरेका छन । जनकपुरलाई भारतमा मिलाउनु पर्छ भन्ने किर्ति आजाद नामको भारतीय सांसदलाई जनकपुर,२नं प्रदेश,मधेश र नेपाल देशको दुश्मन घोषणा गरी विरोध गरौं।त्यो सोच दुवै देशको अखण्डताकोलागि खतरा हो।

मोदी र ओली दुवै सरकारले तुरन्त आवश्यक कार्यबाही गरेर सार्वजनिक गरोस्।नत्र हामी बर्दास्त गर्दैनौ।भारतीय लोकसभाका सदस्य कीर्ति आजादले नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मिथिला राज्य गठन गर्न आग्रह गरेका थिए ।

उनले ट्विटरमा मोदीलाई मेन्सन गर्दै मिथिलाको राजधानी जनकपुरधाममा स्वागत गर्दै जनकपुरलाई समेटेर मिथिला राज्य गर्न माग गरेका थिए । उनी लेख्छन्, ‘आदरणीय नरेन्द्र मोदीजी तपाईँलाई मिथिलाको राजधानी जनकपुरधाममा स्वागत छ । दुई सय वर्ष पहिले अंग्रेज तथा नेपालबीच भएको सन्धि अनुसार मिथिला क्षेत्र नेपाललाई दिइएको थियो ।

त्यो सन्धि समाप्त भएको छ । अनुरोध छ कि माता सीताको आदर गर्दै यसलाई फिर्ता लिँदै मिथिला राज्यको गठन गर्नुहोस् ।’कीर्ति आजाद दरभंगाबाट निर्वाचित लोकसभा सदस्य हुन् । उनी सन् २०१४ मा भएको लोकसभामा भारतीय जनता पार्टीबाटै निर्वाचित भएका थिए ।

तर सन् २०१५ डिसेम्बर २३ मा केन्द्रीय अर्थमन्त्री अरुण जेटलीविरुद्ध दिल्ली एण्ड् दिल्ली डिस्ट्रिक्ट क्रिकेट एसोसियसनमा भ्रष्टाचार गरेको आरोप लगाएपछि उनलाई पार्टीबाट निष्काशित गरिएको थियो । उनको यो विवादित ट्वीटपछि धेरै नेपाली ट्विटर प्रयोगकर्ताले सुगौली सन्धिमा नेपालले गुमाएका अन्य भूभागसमेत फिर्ता गर्न चुनौति दिएका छन् ।