काठमाडौं । भारतीय अवरोधका कारण पूर्वीनाका काँकडभिट्टाबाट एक सातादेखि तयारी चियाको निर्यात हुन सकेको छैन ।चियाको गुणस्तर परीक्षणलाई झण्झटिलो बनाएर भारतले अवरोध गरेपछि चिया निर्यातमा अवरोध सिर्जना भएको हो । हाल भन्सार जाँचपास भएका ११ वटा ट्रक एक सातादेखि भारतीय भन्सार पानीट्यांकीमा रोकिएको चिया विस्तार योजना, फिक्कलका प्रमुख इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार गुणस्तर नेपालबाट तयारी चिया कोलकातास्थित ‘सेन्ट्रल फुड ल्याबोरेटरी’ मा नमूना परीक्षण गराएपछि मात्र निर्यातको इजाजत दिने गरिएको छ । ‘झण्झटिलो प्रक्रियाले नेपाली चिया निर्यातमा समस्या सिर्जना भएको छ,’ उनले भने, ‘यसले नेपाली किसान र व्यापारी दुवै मारमा परेका छन् ।
अहिले ट्रकैपिच्छेको नमूना कोलकाता पठाएर गुणस्तर परीक्षण गर्नुपर्ने झण्झटिलो व्यवस्था भारतले लागू गरेपछि चिया निर्यात रोकिएको अग्रवालले जानकारी दिए ।
प्रतिक्रिया