काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले समाजवादको ठूलो कुरा गरेर विकास नहुने बताएका छन् ।बिहीबार प्रतिनिधिसभा बैकको सुरुमै समय लिएर बोल्नुभएका भट्टराईले आगामी बजेटको प्राथमिकता र वित्तीय संरचनाको कुरा गर्दा समाजवादको ठूला कुरा गरेर नहुने भन्दै भौतिक र सामाजिक पूर्वाधार तयार गर्नुपर्ने बताए ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक समेत रहेका डा भट्टराईले भौतिक पूर्वाधार र सामाजिक पूर्वाधार विकासको विषयलाई मुख्य प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।पूर्वपश्चिम सडक, रेल मार्ग, जल मार्ग, हवाइ मार्ग लगायत कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको तर्क छ ।सामाजिक पूर्वाधार विना औद्योगिक अर्थतन्त्र नबन्ने भन्दै उनले शिक्षामा क्रान्ति ल्याउनुपर्ने बताए ।
अहिलेको शिक्षा प्रणालीलाई परिर्वतन गरेर प्राविधिक बनाउनुपर्ने संयोजक भट्टराईले बताए । उनले कृषिको आधुनिकीकरणका लागि सिँचाइको उपयुक्त व्यवस्था गरी बैज्ञानिक बाली प्रणाली अपनाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया