काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ गते नेपाल भ्रमणमा आउँदैछन् । भारतको प्रधानमन्त्री भएपछि उनको यो तेस्रो नेपाल भ्रमण हो । उनी प्रधानमन्त्रीमा निर्वाचित हुने वित्तिकै नेपाल भ्रमणमा आएका थिए । त्यसको ठिक तीन महिनापछि सार्कको १८ औँ शिखर सम्मेलनमा सहभागी हुन मोदी नेपाल आएका थिए ।
मोदीको पहिलो र दोस्रो भ्रमण निकै प्रशंसानिय रह्यो । त्यतिमात्र हैन भारतको प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक नेपाल आउँदा उनले राजधानी चावहिल र कालिमाटीका सर्वसाधारणहरुसँग सेल्फी खिच्न समेत भ्याएका थिए । त्यतिबेला नेपालमा मोदीको लोकप्रियता चुलिएको थियो । नेपालमा उनको लोकप्रिताको सिमा नै रहेन ।
नेपालमा २०७२ सालमा संविधान जारी भयो । त्यसपछि संविधानसभाले जारी गरेको संविधानप्रति असहमति जनाउँदै एकतर्फी रुपमा भारतले ६ महिना नाकावन्दी गर्यो । त्यसपछि नेपाली नागरिकस्तरबाट कमाएको उनको लोकप्रियता घटेन मात्रै नेपालीहरुमा भारत विरोधी भावना समेत बढ्यो ।
हुन त यसपटकको मोदीको नेपाल भ्रमण त्यती सहज छैन् भनेर मोदी आफैलाई पनि त्यससम्वन्धी जारकार भएर होला, उनी ठुलो भारतीय सेनाको सुरक्षा तैनाथकाबीच नेपाल भ्रमण गर्दैछन् ।
लामो समय भारतको नाकावन्दी खेपेका नेपाली जनताबाट नै उनी असुरक्षित भएको महसुस पक्कै उनमा हुनुपर्छ र यसपटकको नेपाल भ्रमणमा पहिले–पहिले भन्दा उनको तयारी अलि फरक रह्यो ।
उनी नेपाल भ्रमणमा रहेको बेला भारतीय सरकारी कम्पनी सतलजको लगानी रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । भारतीय लगानी करिब १ खर्ब १६ अर्ब लागतको ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाको मोदी र नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
मोदीलाई नागरिक अभिनन्दन किन ?
नागरिक समाजका अगुवाहरुले नै भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन नगर्न आग्रह गरेका छन् । लामो समय नाकावन्दी खेपेका नेपाली जनताले मोदीलाई नागरिक अभिनन्दन नगर्नु मात्र भनेका छैनन् की, प्रधानमन्त्री ओली नेतृत्वको सरकारको पनि चर्को आलोचना गर्दै आएको छ ।
मोदी वैशाख २८ गते भारतबाट सिधै प्रदेश नं. २ अन्तरगत जनकपुरमा आउने कार्यक्रम रहेको छ । उनलाई जनकपुर र काठमाडौंमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।
मंगलवार वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सुरेन्द्र भण्डारी, सुरेन्द्र केसी, अरुणा उप्रेती लगायत २४ जना नागरिक अगुवाहरुले संयुक्त वक्तव्य जारी गर्दै नाकाबन्दीको घाउँ निको भाको छैन, भन्दै मोदीलाई गर्ने भनिएको नागरिक अभिनन्दन रद्ध गर्न आग्रह गरिएको छ । उनीहरुले भारत सरकारले १३५ दिनसम्म नाकाबन्दी गरेर मानवीय संकट सृजना गरेको भुल्न नसकिने भन्दै कुनैपनि हालतमा नागरिक अभिनन्दन गर्न नहुने तर्क गरेका छन् ।
भारतबीच दुईपक्षीय मेलमिलाप समिति गठन गरी क्षतिपूर्ति नेपाललाई दिनुपर्ने उनीहरुको माग छ । ‘यो निश्चितताविना मोदीजीलाई गरिने अभिनन्दनलाई नागरिक अभिनन्दन नभनियोस् भन्ने आग्रहसहित जनकपुर उप–महानगरपालिका तथा काठमाडौं महानगरपालिकाको ध्यान आकर्षण गराउन चाहन्छौँ’ वक्तब्यमा भनिएको छ ।
सुरक्षा निकायको तयारी कस्तो छ ?
सरक्षा निकायले नै प्रधानमन्त्री मोदीको यसपटकको भ्रमण असुरक्षित हुन सक्ने विश्लेषण गर्न थालेको छ । मोदीको भ्रमणको सुरक्षाका लागि चारैतिर सुरक्षा निकायले संयुक्त सुरक्षा कमाण्ड सेन्टर गठन गरिएको छ । सुरक्षा निकायलाई चुस्त र दुरुस्त बनाउँनका लागि सुरक्षाकर्मीहरुको अहिलेदेखि नै तैनाथ छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको सहभागितामा सुरक्षा प्रवन्धको तयारी र निर्देशनका लागि कमाण्ड सेन्टरको स्थापना भएको हो । गृह मन्त्रालय सुरक्षा महाशाखा प्रमुख सहसचिव रामकृष्ण सुवेदीको नेतृत्वले सुरक्षा निकायबीच समन्वय र आपत्कालीन अवस्थामा तत्काल निर्देशनको जिम्मेवारी निर्वाह गर्दैछ ।
गृह स्रोतका अनुसार भारतीय पक्षले दिल्ली–काठमाडौं–जनकपुर र पटना–जनकपुर–काठमाडौं दुवै सम्भावनाअनुसार सुरक्षा तयारीका लागि नेपाल पक्षलाई अनुरोध गरेको छ ।
अभिनन्दन गर्ने कि नगर्ने भन्ने विषय र सुरक्षाको विषय फरक हुन् । मोदीको सुरक्षाको चासो भारत सरकारले भन्दा नेपाल सरकारले बढि लिन जरुरी छ । किन भने मोदीको सुरक्षामा तलमाथि केहि भएमा नेपाल प्रति नकारात्मक सन्देश जान्छ ।
अझ भन्ने हो भने पहिले पहिलेको भ्रमणमा चावहिल– बानेश्वरमा सर्वसाधरणसंग हात मिलाउदै हिडेका र नेपालको संसद पानी र जवानी खेर फाल्न हुँदैन भन्दै पानी नै नेपालको विकासको मुल आधार भनेर भाषण गरेका मोदीप्रति अहिले नेपाली दुखित छन् । दुखि नेपाली आक्रोशीत भएर सुरक्षामा तलमाथि केहि भएमा फेरि नेपालको नै बदनामी हुन्छ । त्यसैले सरकारले मोदीको अभिनन्दन भन्दा सुरक्षामा बढि ध्यान दिन जरुरी छ ।
मुक्तिनाथ परिसर क्षेत्र प्रवेशमा रोक
मुक्तिनाथ दर्शनका लागि भारतीय प्रधानमन्त्री मोदी जानेभएपछि मुक्तिनाथ परिसर क्षेत्रको प्रवेशको रोक लगाउने भएको छ। मोदीको भ्रमणलाई लिएर २८ गते अपराह्न ४ बजेदेखि २९ गते मध्याह्न १२ बजेसम्म मुक्तिनाथ परिसर क्षेत्रमा प्रवेशमा रोक लगाउने निर्णय निर्णय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए ।
जिल्ला सुरक्षा समिति मुस्ताङको मंगलबार बसेको बैठकले मनाङबाट थोराङपास हुँदै मुस्ताङ र मुस्ताङबाट मनाङ आउने जाने पदयात्रीको पदयात्रालाई नियमित तथा सूचारु गर्न मुक्तिनाथ मन्दिर परिसर क्षेत्र बाहिरको बैकल्पिक बाटो तय गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जनाए ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसारर वैशाख २८ र २९ गते पदयात्रीका लागि छेन्गुर, झोङ, पुटाक हुँदै कागबेनीको बाटो तय गरिएको छ ।
प्रतिक्रिया