देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय सुरक्षा खलबल्याउने काम हुँदैछः प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा खलबल्याउने काम भइरहेको बताएका छन् । सोमबार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको १७ औं वार्षिकोत्सवका अवसरमा रक्षा मन्त्रालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले जानेर वा नजानेर राष्ट्रिय सुरक्षामा खलल पर्ने काम भइरहेको बताए ।

‘यो काम आफै सञ्चालित हो वा अन्यत्रबाट भएको हो, त्यो नेपालको हितमा छैन’ प्रधानमन्त्री ओलीले भने । उनले राष्ट्रियताको सवालमा धावा बोल्ने, आक्रमण गर्ने र अपराधिक क्रियाकलापहरु भइरहेको बताए ।

‘अनाहकमा राष्ट्रिय सुरक्षा खलबल्याउने काम भएका छन् । देशमा स्थायित्व हुने गरी निर्वाचन गर्दा बम पड्काइए, देश अगाडि बढ्न खोज्छ , विखण्डन हुन खोज्छ, साम्प्रदायिकका डरलाग्दा कामहरु हुन्छन् यसले राम्रो गर्दैन’, ओलीको भनाई थियो ।

केही समय अघि विराटनगरमा धार्मिक गुरु माथि भएको गोलीकाण्डबारे प्रधानमन्त्री ओलीले ‘गोली कसले हान्यो किन हान्यो ? भन्दै प्रश्न गरे । उनले त्यो भन्दा ठूलो तमासा के हुन्छ भन्दै धार्मिक र सांम्प्रदायीकता भड्काउने कामको सरकारले सशक्त प्रतिकार गर्ने बताए ।

प्रधानमन्त्री ओलीले सुरक्षा परिषदको अध्यक्षको हैसियलले आफूले सबै गतिविधि नियालिरहेको भन्दै तथ्यको गहिराइमा गएर त्यस्ता घटनाको छानविन र दोषीलाई कारवाही हुने बताए ।

‘कुनै भावनात्मक रुपमा होइन, नेपाल लोकतान्त्रिक मार्गमा अगाडि बढ्छ । प्रतिगमन संम्भ छैन त्यो सोचाइ मनमा नराखे हुन्छ । यो देशले अनेक उतार चढाउ भोगेको छ, देखेको छ । नेपाली सेनाले देखेको छ भोगेको छ राष्ट्रको एकताको पक्षमा लडेको छ ।

सुरक्षा निकायहरु निम्छरो अवस्थामा पनि निर्भिकताका साथ राष्ट्रको पक्षमा लडेका छन्’ प्रधानमन्त्री ओलीको भनाई थियो । राष्ट्रिय सुरक्षा सम्बन्धि नीति र अवधारणाहरु समयानुकुल ढंगले एकीकृत र सुदृढ बनाउने तयारी भइरहेको प्रधानमन्त्रीले जानकारी दिए ।