काठमाडौँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवा पार्टी विधान र सहमतिविपरीत चलेको भन्दै सशक्त प्रतिरोध गर्ने तयारी गरेको छ ।पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा आइतबार ४ नेताबीच भएको छलफलमा पदाधिकारी मनोनयन प्रक्रिया र भावी रणनीतिबारे छलफल भएको थियो । ‘भावी दिनमा कसरी अघि बढ्ने भन्नेबारे यसै साता संस्थापनइतर पक्षको भेला बोलाउने तय भएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘पदाधिकारी मनोनयन प्रक्रियालाई कसरी लिने र सभापति देउवाको गलत कार्यशैलीको कसरी प्रतिवाद गर्ने भन्नेबारे भेलाले तय गर्नेछ ।’
सिंह निवासमा वरिष्ठ नेता पौडेल, सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र नवीन्द्रराज जोशीबीच छलफल भएको हो । पौडेलले नवनियुक्त पदाधिकारीहरू उपसभापति विमलेन्द्र निधि, महामन्त्री पुर्णबहादुर खडका र सहमहामन्त्री प्रकाशशरण महतले शनिबार आफूसँग गरेको छलफलबारे जानकारी गराएका थिए । त्यस अवसरमा महामन्त्री शशांक कोइरालाको भूमिकालाई लिएर छलफलसमेत भएको थियो ।
प्रतिक्रिया