देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘दियालो साहित्य सरगम’को घोषणा

देशान्तर

काठमाडौं । साहित्य, कला र संगीतको विकास र प्रवद्र्धनमा विशेष जोड दिने उद्देश्यका साथ स्थापना भएको ‘दियालो साहित्य सरगम’ को औपचारिक घोषणा तथा विशेष रचनावाचन कार्यक्रम हालै लेखन कुञ्जमा सम्पन्न भएको छ ।  संस्थाका अध्यक्ष शान्ति शर्माको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा कवि तुलसी दिवस रहेका थिए भने ज्ञानुवाकर पौडेल, डा.रामप्रसाद ज्ञवाली, प्रा.डा भीम खतिवडा, डा.देवी नेपाल, डा.रेणु थापा सोलु, रमेश पौडेल, यज्ञराज उपाध्याय, विजयध्वज थापा, मञ्जुश्री प्रधान, सुनील अधिकारी, पोष्टराज चापागाईं, बबिन खान, इम्जिहाज बफाम, रामबहादुर पहाडी, पुष्कर लोहनी, कृष्ण कोइराला, डा.श्वेता दीप्ति, विप्लव ढकाल, मदन पौडेललगायतका विभिन्न व्यक्तित्वहरू अतिथिको रूपमा थिए ।

सुरेश सुवेदीद्वारा सञ्चालित सो कार्यक्रममा प्रकाश बस्नेत गफाडीले स्वागत मन्तव्य दिएका थिए भने संस्थाको पृष्ठभूमि एवं भावी योजना र उद्देश्यमाथि शिवराम खड्काले प्रकाश पारेका थिए । त्यसैगरी अतिथिहरूलाई खादा ओढाएर सम्मान गर्ने काम अदिति ज्ञवाली अर्यालले गरेका थिए ।

नारायण निराशी, आश्मा उपाध्याय, प्रदीप वेरंगी, लालकाजी श्रेष्ठ, रामबहादुर पहाडी, बबिन खान, इम्तिहाज बफालगायतका दर्जनौं कविहरूको रचनावाचन रहेको सो कार्यक्रममा संस्थाको तर्फबाट प्रकाश सुवेदीले पनि आफ्नो रचनावाचन गरेका थिए भने प्राज्ञ तथा सर्जक र गायक यज्ञराज उपाध्यायले आफ्नो राइझुमा झुमा मस्की क्या छ्यौ बोलको गीत गाएर कार्यक्रमको रौनकता बढाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तुलसी दिवसले साहित्य, कला र संगीतले गतिशील देश भूगोलमा स्थिर देशभन्दा धेरै समृद्ध हुनुपर्ने बताए । डा.देवी नेपाल र डा.रामप्रसाद ज्ञवालीले दियालोझैं सहरदेखि गाउँसम्म सल्किएर साहित्यिक उज्यालो छर्न सक्ने माध्यम बनोस् भन्ने आशयको शुभकामना मन्तव्यका साथै आआफ्ना रचनावाचनसमेत गरेका थिए ।