काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ नेतृत्वका लागि चुनाव सकिएको छ ।७७ जना मतदाता रहेकोमा ७६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
जिल्ला फुटबल कञ्चनपुरका अध्यक्ष गणेश चन्दले चुनाव नगर्न आफैले अदालतमा रिट हालेको भन्दै नैतिकताका आधारमा मतदान नगर्ने बताउनुभयो । मतपरिणाम शनिबार बेलुकासम्ममा आउने निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षका प्रतिस्पर्धी मणी कुँवरले चुनावी प्रक्रिया बहिष्कार गर्ने बताएपनि ७६ मध्ये ७५ मत खसेपछि कुँवर पक्षले पनि मतदानमा सहभागि भएको पुष्टि भएको छ । एन्फाको अध्यक्षका लागि कुँवर र कर्माछिरिङ शेर्पाको समूह प्रतिस्पर्धामा छ ।
प्रतिक्रिया