देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुई वर्षभित्र कृषिजन्य वस्तु आयात बन्द हुन्छ : मन्त्री खनाल

देशान्तर

काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले अबको दुई वर्षमा कृषिजन्य बस्तुको आयात रोक्ने बताएका छन्। चितवनको भरतपुरमा आज पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

अहिले नेपालमा ९३ प्रतिशत कृषि जन्य वस्तु आयात भएको भन्दै यसलाई रोकेर २ वर्षमा माछा, कुखुरा, गहुँ, फलफुल लगाएतका उत्पादनमा आयात प्रतिस्थापन गर्ने गरि सरकारले काम गरीरहेको उनले बताएका हुन ।

अबको समयमा भूमि व्यवस्थापन गर्न नसकेको खण्डमा कृषि क्षेत्रमा ठूलो समस्या आउने उनले बताए । भूमि वर्गीकरण गर्नु आबश्यक रहेको मन्त्री खनालले बताए। भूमि वर्गिकरण गर्न नसकेको खण्डमा कृषि क्षेत्रमा समस्या आउने उनले बताए।