देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मध्यरातमा उत्तर कोरियाले घडीको सुई आधा घण्टा छिटो बनायो

देशान्तर

काठमाडौं। केही समय अघिसम्म आणविक परीक्षण गरेर विश्वलाई थर्काइरहेका उत्तर कोरियाली नेता केही दिनयता निरन्तर नरम देखिँदै आएका छन् । दक्षिण कोरियाली राष्ट्रपति मून जेइ इनसँगको ऐतिहासिक वार्तापछि उत्तरले निकै नरम व्यवहार देखाउँदै आएको छ ।

पछिल्लो पटक उत्तर कोरियाले आफ्नो जोनलाई आधा घण्टा अगाडि सार्दै दक्षिण कोरियासँगको समयसँग मिलाएको छ । उत्तर कोरियाले शुक्रबार राति ११ः३० बजे आधा घण्टा समय अगाडि सारेको हो ।उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसीएनएले भनेको छ, ‘ऐतिहासिक उत्तर–दक्षिण शिखर बैठकपछि समयलाई पुनः निर्धा्रित गर्नु व्यवहारिक कदम देखिएको थियो ।

सम्बन्धमा आएको तिक्त्ताले उत्तर कोरियाले आफ्नो समय दक्षिणको भन्दा आधा घण्टा ढिलो बनायो । उत्तर कोरियाको राजधानी प्योङयाङमा बसेको अधिकारीहरुको बैठकले पुरानै टाइम जोनलाई सञ्चालन गर्ने निर्णय गरेको थियो ।