देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको उपसभापतिमा निधि मनोनित, पौडेल समूहको विरोध

देशान्तर

नेपाली कांग्रेसमा विवादका बीच पदाधिकारी मनोनयन भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले विमलेन्द्र निधिलाई उपसभापति, पूर्णबहादुर खड्कालाई महामन्त्री र प्रकाशशरण महतलाई सहमहामन्त्री मनोनित गरेका हुन् ।

तीनै नेता देउवा समूहका हुन् र प्रतिनिधिसभा चुनावमा हारेका नेता पदाधिकारी बनेका छन् । निधि धनु्षा ३, खड्का सुर्खेत १ र महत काठमाडौं ५ मा पराजित भएका हुन् ।

पदाधिकारी मनोनयनका लागि विहान ११ बजे बोलाइएको बैठक साँझ ५ बजेपछि मात्र बसेको थियो । मुस्किलले १२र१३ मिनेटसम्म चलेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पदाधिकारी मनोनयन प्रस्तावको विरोध गरेका थिए । बैठकमा प्रकाशमान सिंह र महेश आचार्यले विरोध गरे ।

तर, देउवा समूहले बहुमतका आधारमा पदाधिकारी मनोनयनको प्रस्ताव पास गरेको छ ।

पौडेल समूहले पार्टीको विधानमा दुई महिनाभित्र पदाधिकारी मनोनयन गर्ने व्यवस्था रहेको भन्दै २ वर्षपछि गर्न नहुने तर्क गरेका थिए ।

गर्नु नै पर्ने भए केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले बाधा अड्काउ फुकाएर मात्र पदाधिकारी मनोनयन गर्नु पर्ने आफूहरुको मत भएको नेता प्रदीप पौडेलले बताए ।

पौडेल समूहका नेता पूर्वमहामन्त्री प्रकाशमान सिंहले केन्द्रीय सदस्य निर्वाचित भएको दुई महिनाभित्र गर्नुपर्ने पदाधिकारी मनोनयन अहिले गर्नु विधान विपरीत हुने बताए । अहिले पदाधिकारी मनोनित गर्न डाकिएको बैठक अवैधानिक भएकाले आफूहरुले नमान्ने उनले बताए ।