देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ज्ञान नभएका युवाले देशको जिम्मा लिन सक्दैनन्:अध्यक्ष दाहाल

देशान्तर

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशको जिम्मेवारी युवाहरुले लिनुपर्ने अवस्था भएपनि अहिलेका युवाहरुमा अध्ययनशीलता नभएकोले समस्या भएको बताएका छन्। कार्लमाक्सको जन्म द्विशतवार्षिकी राष्ट्रिय गोष्ठीमा बोल्दै उनले युवाहरुमा चिन्तन, अध्ययन–मनन र ज्ञान आवश्यक रहेको बताए।

उनले आफ्ना कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अहिलेका युवाहरुमा अध्ययनशीलता नभएको यसले समस्या ल्याउने बताए । माक्र्सले भने झैं अज्ञानताले देशको सेवा गन नसक्ने समेत दाहालले बताए। देश बदल्नका लागि सबै नेता कार्यकर्ताहरु अध्ययनशील हुनुपर्ने समेत दाहालको भनाई थियो ।

दाहालले एमाले र माओवादीको पार्टी एकताका सन्दर्शमा बोल्दै एकता प्रक्रिया अन्तिम अवस्थामा पुगेको बताए। ‘चाँडै एकता भएन भने देश अराजकताको भुमरीमा फँस्ने उनले बताए । दुई पार्टी एकता गरेर देश बनाउने जिम्मा कम्युनिस्टको काँधमा आएको समेत उनको भनाइ थियो ।