पार्टी एकीकरणका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान र दिउँसो गरी दुई पटक प्रधानमन्त्री निवासमा छलफल भएको छ ।
चाँडै पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलका अध्यक्षबीचको छलफल सकारात्मक भएको ठानिए पनि ठोस सहमति बाहिर आएको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले दुई अध्यक्षबीचको छलफल सकारात्मक रहेको र आवश्यकतानुसार फेरि छलफल गरी निष्कर्षमा पुगिने जानकारी दिए । दुवै दलले वैचारिक र सांगठनिक प्रतिवेदन तयार गरी मिल्न बाँकी विषयको टुंगो लगाउन अध्यक्षहरुलाई जिम्मा दिएको थियो ।
यसैगरी माओवादी अध्यक्ष प्रचण्डले बिहिबारै एमाले नेता माधव नेपालसँग पनि एकताका विषयमा छलफल गरेका थिए ।
प्रतिक्रिया