काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेपाली कांग्रेसले विगतका प्रतिपक्ष जस्तो कांग्रेसले सरकारलाई असहयोग नगर्ने बताएका छन् ।
०४८ सालमा एमाले संसदमा खाली सरकारलाई अप्ठ्यारो मात्रै पार्ने गरेको सम्झिदै थापाले एमालेले जस्तो सरकारलाई असहयोग गर्ने कांग्रेसको चरित्र नभएको स्पष्ट पारेका हुन् ।
राम्रा कामलाई कांगेससले सहयोग गर्ने भन्दै संविधान र संघीयताको कार्यान्वयन, प्रदेशलाई अधिकार सम्पन्न गराउने कुरामा पनि कांग्रेसले आफ्नो मुख्य जिम्मेवारी ठानेको थापाको भनाई थियो ।
कांग्रेस गुल्मीले संचालन गरेको ५० औ दिने महाअभियानलाई सफल बनाउन बिहीबार गुल्मी पुगेका नेता थापाले सरकारले गलत काम गरे ठीक ठाउँमा ल्याउने जिम्वारी पनि कांग्रेसकै भएको बताए । उनले संसदमा प्रतिपक्षको डिउटीको जिम्मेवारी कांग्रेसले पाएकाले सरकार जहाँ चुक्छ त्यही खबदारी गर्ने बताए ।
प्रतिक्रिया