ललितपुर । उपत्यका सडक विस्तार परियोजना र सडक डिभिजन कार्यालयले २०७२ सालको अन्त्यतिर ग्र्वाखुदेखी पनौतीसम्म राजमार्ग जोड्न योजना बनायो । सोहीअनुसार कृष्ण मन्दिरदेखी धुङ्गीन सम्म ५ किलोमिटर चार लेन (१६ मिटर बाटो र सडक दाया बाया २, २ मिटर पेटी) सडक निर्माण गर्न सडक डिभिजनले २०७३ सालको अन्तिमतिर ९० करोडको टेन्डर खुलाएको थियो । तीन वर्समा पुरा गर्न, सोही अनुरmप तीन कम्पनीले टेन्डर हात पारेका थिए, पेटी, पुल निर्माण र कालोपत्रेका लागी ।
बाटो बिस्तारको काम गुणस्तरीय र द्रुत गतिमा अगाडि बढे पनि हाल बजेट अभावका कारण अझै धुङ्गीनदेखी माने दोभान सम्मको टेन्डर आह्वान नगरिएको माहाल्क्षमी नगरपालीका प्रमुख रामेश्वर श्रेष्ठ बताउँछन् ।
बाटो विस्तारमा करीब तीन सय घर टहरामा बाटोमा परेका छन् । अर्थ मन्त्रालयले सडकमा परका घर टहरालाई मुआब्जा दिने बजेट नदिदा बाटो विस्तारको काम सामयमै सम्पन्न हुन नसक्ने श्रेष्ठको भनाई छ ।
लुभुको धार्मिक सम्पदा बचाउने भन्दै स्थानीयवासी सडकमा उत्रिएपछि माहालक्ष्मी मन्दीर बाटो बिस्तारका क्रममा सडक छेउका पुराना मन्दीर नभत्काइने निर्णय गरिएको छ । तर करिब दुइ चार वटा साना तिना मन्दीर भने भत्किने तर त्यसलाई अर्को ठाउमा पुननिर्माण गरिने बताउँछन् नगर प्रमुख श्रेष्ठ ।
धुङ्गीन वडा ९ का राजकुमार परीयारको भने बाटोमा घर पर्ने भए पछी वास नै उठने अवस्था छ । २०७२ सालमा गएको विनासकारी भुकम्पले घर भत्काइदिए पछी उनी सानो जस्ताको टहरा बनाएर ओत लागी रहेका छन् । एक त भुकम्पले घर भत्काइदिएको पिडा त्यसमाथि सानो झुपडी पनि बाटोमा परेर मात्र २ आना जग्गा बाँकी हुने र त्यसमा पनी दाजु भाइले घर बनाउनु पर्ने भए पछी उनी चिन्तीत बनेका छन् । बटोमा पर्ने घरको मुआब्जा वा भुकम्प पीडितले पाउने तीन लाख मध्ये एक रोज्नु पर्ने भएपछि उनले भुकम्प पिडितले पाउने ३ लाख नलिएको बताए । उनी घरमै कपडा सिलाई व्यवसाय संचालन गरेर ३ जानाको परिवार पालिरहेका छन् ।
परियारको जस्तै कथा छ लुभु ८ की राम देवी महर्जनको । ‘अब यो घर भत्कीएपछी वास पनी जान्छ गास पनी सकिन्छ’, आफनो घरको सटरमा पसल राखेर परिवार चलाइ राखेकी उनले भनिन् । सरकारले अर्को बिकल्प रोजेर लाछीलाई एकतर्फी बाइदिए धैरै घरहरु भत्काउनु नपर्ने र धार्मिक सम्पदा पनि जोगिने रामदेवीको भनाई छ ।
तर लुभुका शयामबाहादुर श्रेष्ठ भने बाटो विस्तारको कामप्रति सकारात्मक छन् । उनको घर पनी बाटोमा परेका छ, तैपनि उनी खुसी छन् । ‘हामीले पाउने मुआब्जा नपाई र हामी व्यवस्थीत नभई घर भत्काउन दिदैनौ र अहिले बिस्तार गरिरहेको बाटो व्यवस्थित र गुणस्तरिय नभए स्थानिय सरकारलाई छाड्दैनौं’, उनले भने ।
ग्र्वाखुदेखी पनौतीसम्म बाटो निर्माण पुरा भइसके पछी लाकुरी भञ्ज्याङमा राम्रै पर्यटक भित्रयाउन सकिने देखिन्छ ।
-प्रशिक्षार्थी
प्रतिक्रिया