काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिन माग गरेको छ ।
उद्योग वायिाज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई बिहिबार ज्ञापनपत्र बुझाउँदै संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि ७२ घण्टाभित्र फिर्ता लिन माग गरेको हो ।
ज्ञापनपत्रमा ७२ घण्टाभित्र मूल्यवृद्धि फिता नभए चरणबद्ध आन्दोलनमा उत्रन वाध्य हुने चेतावनी समेत दिइएको छ ।
प्रतिक्रिया