काठमाडौं । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टानको आयोजनामा आगामी जेठ ५ गते लाङ्टाङ पदमार्गमा अन्तर्राष्ट्रिय म्याराथन दौड हुने भएको छ। लाङ्टाङको क्याङ्जेनदेखि स्याफ्रुबेँसीसम्मको ४२ किलोमिटर दूरीमा म्याराथन दौड सञ्चालन गरिने टानका मिडिया संयोजक गोपाल श्रेष्ठले जानकारी दिए।
लाङ्टाङ क्षेत्र सुरक्षित र पर्यटकका लागि उपयुक्त गन्तव्य रहेको सन्देश विश्वसामु प्रवाह गर्ने उदेश्यले म्याराथन दौड आयोजना गर्न लागिएको बताइएको छ। लाङ्टाङ क्षेत्रमा दोस्रो पटक हुने म्याराथन दौडमा एक सय भन्दा बढी धावक सहभागी हुनेछन्।
विगत वर्षमा भने गोसाइँकुण्डबाट धुञ्चेसम्म दौड आयोजना गरिएको टानका प्रथम उपाध्यक्ष जीवन थापा मगरले बताए।
प्रतिक्रिया