काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा श्रमजिवी वर्गका लागि अनकूल सरकार बनेको दावी गर्दै हड्ताल गर्नै नपर्ने बताएका छन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का नवनिर्वा्चित अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्रीसँग भेट्न गएको प्रतिनिधि मण्डलसँग उनले श्रमिकले माग पूरा नभए यस्तो गर्छौं वा अन्यथा यस्तो हुनेछ भन्ने दिन नरहेको दावी गरे ।
राष्ट्र निर्माणको महाअभियानमा लागेको भन्दै शोषण अनि अन्याय हुन नदिन वर्तमान सरकार कटिवद्ध रहेको प्रधानमन्त्री ओलीले बताए ।
जिफन्ट अध्यक्ष श्रेष्ठले श्रमिकको मासिक र दैनिक ज्यालामा अभिवृद्धि गर्न प्रधानमन्त्रीको ध्यान आकर्षण गराएका थिए ।
उनले सामाजिक सुरक्षामा बढीभन्दा बढी श्रमिकको पहुँच कायम गर्न आवश्यक रहेको बताउँदै श्रम ऐनको पूर्ण कार्यान्वयनका लागि श्रम अडिटको सुरुवात गर्नुवर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया