काठमाडौं । फेसबुक प्रयोगकर्ताहरूको डाटा चोरी गरेको आरोप लागेको क्यम्ब्रिज एनालिटिकाले आफ्ना अधिकांश कार्यहरू बन्द गर्ने घोषणा गरेको छ । बुधवार क्याम्ब्रिजले आफ्नो व्यावसायिक अभ्यास र डोनाल्ड ट्रम्पको राष्ट्रपतिय निर्वाचन अभियान सम्बन्धी काममा कानुनी तथा राजनीतिक विवाद चर्किएपछि उसले यस्तो घोषणा गरेको हो।
फेसबुक र क्याम्ब्रिजमाथि फेसबुक प्रयोगकर्ताको डाटा चोरीको आरोप लागेको दुई महिनापछि क्याम्ब्रिजले यस्तो घोषणा गरेको हो । राजनीतिक परामर्शदाता संस्था क्याम्ब्रिजले ट्रम्पको निर्वाचन अभियानका क्रममा करिब ९ करोड फेसबुक प्रयोगकर्ताको डाटा चोरी गरेको आरोप लागेको थियो ।
क्याम्ब्रिजले निर्वाचन परिणामलाई परिवर्तन गर्न सकिने भन्दै त्यसका लागि फेसबुक प्रयोगकर्ताहरूका डाटालाई समेत प्रयोग गरेको थियो।
प्रतिक्रिया