काठमाडौं । सिरहाको लहान नगरपालिकास्थित तरकारी बजारबाट अवैध भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारत बिहारको फारबिसगन्ज अररियाका ५० वर्षीय पल्लु राय र नेपाली नागरिक मनिष कुमार यादव रहेका छन् उनीहरुको साथबाट भारतीय रुपैयाँ १० लाख १० हजार ७ सय र नेपाली रुपैयाँ ४ लाख ६१ हजार ५४० बरामद भएको छ ।
२ हजार र पाँच सयको नोट नेपालमा प्रतिबन्ध छ ।पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि नगदसहित काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।पक्राउ परेकाहरुले आफूहरुसँग तरकारी किनबेचको रकम भएको दावी गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले एक जना भारतीय र एक जना नेपाली नागरिक पक्राउ परेको पुष्टि गर्दै अनुसन्धानपछि मात्रै जानकारी दिन मिल्ने बताए ।
प्रतिक्रिया