प्यूठान । प्यूठानको सदरमुकाम खलङगालाई पुरानो संस्कृतिलाई जोगाउदै कलात्मक शहरका रुपमा विकसित गर्ने अभियान सुरु भएको छ । राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष एंव कांग्रेस नेता डा गोविन्दराज पोखरेलको अगुवाईमा खलङगाको पुरानो परम्परा र संस्कृति बचाउने आफ्नो अभियान सुरु भएको हो । उनकै सक्रियताका प्यूठानको खलंगामा निर्मित परम्परागत ढुंगेधाराको उद्घाटन भएको छ । परम्परागत ढुंगेधाराको उद्घाटन गर्दै पोख्रेलले पुरानो परम्परा र संस्कृति बचाउने आफ्नो अभियानलाई सफल बनाउन सहयोग पु¥याएकोमा खलंगाबासीलाई धन्यवाद दिए ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत समेत रहेको पोखरेलले आफु निरन्तर प्युठानको विकासमा लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले भने–‘अव खलंगालाई कलात्मक सहरको रुपमा विकास गर्न सवै एकजुट हुनुपर्छ । खलंगालाई ५ नं प्रदेशको वन्दिपुर बनाउने प्रयास मैले सुरु गरेको छु । सवै खलङगावासीको साथ र सहयोगको अपेक्षा गरेको छु ।’
झण्डै ३ सय वर्ष पुरानो नेवार बस्तिका रुपमा रहेको जिल्ला सदरमुकाम खलंगामा पछिल्लो समयमा नेवारी संस्कृति र परम्परा अनुसार विकास पद्धति अगाडि वढाउने छलफलपछि डा. पोख्रेलको अगुवाईमा ८ वटा ढुंगेधारा निर्माण प्रारम्भ गरिएको मल्लरानी गाउपालिका ४ का वडाध्यक्ष कुमार श्रेष्ठले बताए । यसका लागि वडाको वजेटबाट ५ लाख समेत छुट्टयाइएको उनले बताए । झण्डै ४० लाखको लागतमा ८ वटा ढुंगेधारा निर्माण हुँदै गरेको ईञ्जिनियर सन्तोष श्रेष्ठले बताए । खलंगा बाहेक नेवार समाजको वाहुल्यता रहेको विजुवारको भौकामा पनि यस्तै धारा निर्माण गरिने उनको भनाई छ ।
प्रतिक्रिया