काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको जन्मस्थलबारे विवाद र बहस गर्न आवश्यक नभएको बताएका छन् ।२५६२ औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनी विकास कोषले लुम्बिनीमा सोमबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले बुद्ध नेपालमै जन्मिएको दोर्होयाउँदै दोधार हुन आवश्यक नभएको बताए ।
भारतका सम्राट अशोकले पनि अशोक स्तम्भ बनाएर बुद्ध नेपालै जन्मिएका हुन भनेर गएका छन किन बुद्धको जन्मबारे मान्छेले भ्रम फिजाउँने काम भैरहेको छ ? बुद्ध दर्शन नेपालबाटै सुरु भएको बताउँदै प्रधानमन्त्रीले बहस र विवादको विषय नबनाउन आग्रह गरे । बुद्धका उपदेश कालजयी छन आज पर्यन्त पनि उत्तिकै सान्दर्भिक छन उनले भने मुर्खहरु विचारसँग प्रतिवाद गर्दैनन् प्रधानमन्त्रीको भनाई थियो ।
प्रधानमन्त्रीले नेपालको विकास र समृद्धिका लागि शान्ति र स्थिरताका आवश्यक भएको बताए । उनले लुम्बिनीलाई शान्तिको अनुभूति हुने ठाउँकोरुपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले बुद्ध जयन्तीलाई विश्व उत्सवकोरुपमा मनाउन सरकारले आवश्यक पहल गर्ने जानकारी दिए । प्रधानमन्त्रीले रामग्रामदेखि तिलौराकोटसम्मको क्षेत्रलाई विशेष महत्वका साथ विकास गरिने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया