काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उत्तेजित नहुन आग्रह गरेका छन्। महामन्त्री कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलको सहमतिमै पदाधिकारी मनोनयन गर्न आफूले सोमबार बोलाइएको निर्वा्चित केन्द्रिय सदस्यहरुको बैठक शुक्रबारसम्मका लागि स्थगित गर्न सभापति देउवासँग आग्रह गरेको पनि स्पष्ट पारेका छन ।
सोमबार विहान पार्टी केन्द्रिय कार्यालय सानेपामा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टी केन्द्रिय कार्य समितिको बैठकमा ‘बहुमतीय प्रक्रियाबाट निर्णय लिएको’ भन्ने वरिष्ठ नेता पौडेलको अभिव्यक्तिको पनि खण्डन गरेका छन ।
पार्टी केन्द्रिय कार्य समिति बैठक सर्वसम्मतिले सम्पन्न भएपनि वरिष्ठ नेता पौडेलले तत्सम्बन्धमा आवेगमा आएर प्रतिक्रिया दिएको महामन्त्री कोइरालाको आरोप छ ।
प्रतिक्रिया