सोलुको सल्यान स्थायी घर भएका निरौला २०१५ सालको चुनावमा कांग्रेसको पक्षमा प्रचारमा जुटेका थिए । पूराना कांग्रेस नेता एंव लेखक अनारसिंह कार्कीका अनुसार निरौला २०१७ सालमा राजा महेन्द्रले वीपी कोइरालाको सरकारलाई कु गरेपछि पूर्ण रुपमा राजनीतिमा सक्रिय भए । २०१८–१९ सालमा संस्कृतमा शास्त्री उर्तिण गरेका निरौला सल्यानको खानदानी परिवारमा जन्मेपनि उनले सम्पुर्ण सम्पति राजनीतिका कारण सकेको कार्कीले बताए ।

पटक पटक महासमिति सदस्य र महाधिवेशन प्रतिनीधि भएपनि उनी कहिल्यै सत्तामा पुगेनन् । ७६ वर्षिया निरौला २०३१ सालमा वीपी कोइरालाको आह्वानमा ससस्त्र क्रान्तिका बेलामा गिरिजाप्रसाद कोइरालाले फारवेसगञ्जमा स्थापना गरेको शीविरमा बसेर पूर्वी पहाड तथा सिन्धुली रामेछाप सम्ममा कांग्रेसहरुको कोअडिनेशन गरेका थिए । पूर्वी पहाडका झण्डै निरौलालाई पूर्वका गान्धीका रुपमा चिन्ने गरिन्छ । निरौला नेपाल बिद्यार्थी संघ स्थापना हुँदा वीपीन कोइराला अध्यक्ष भएको समयमा केन्द्रीय सदस्य थिए ।