काठमाडौं । उत्तर कोरियाले आफ्नो आणविक भट्टी आउँदो मे महिनामा बन्द गर्ने जनाएको छ ।दक्षिण कोरियाको राष्ट्रपति कार्यलयले छिट्टै नै उत्तर कोरियाले आफ्ना आणविक भट्टीहरु बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
शुक्रबार मात्रै उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मून जे इनबीचमा भएको ऐतिहासिक सम्झौतामा उत्तर कोरियाली प्रायद्वीपमा सबै किसिमका आणविक कार्यक्रमहरु बन्द गर्ने सहमति भएको थियो ।
वैज्ञानिकहरुले जनाए अनुसार उत्तर कोरियाको आणविक भट्टीहरु गएको सेप्टेम्बरमा पहिरोले क्षतिग्रस्त भएको थियो । उत्तर र दक्षिणबीच भएको ऐतिहासिक सम्झौतापछि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको तीन वा चार सातापछि उत्तर कोरियाली नेतृत्वसँग वार्ता गर्ने सम्भावना रहेको बताएका थिए ।
प्रतिक्रिया