काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरबाट सशस्त्र प्रहरीका डीएसपीसहित ११ जना जुवाडे पक्राउ परेका छन् ।
सुर्खेत घर भई हाल नेपालगन्जमा कार्यरत सशस्त्रका डीएसपी सागर भुलनलगायत राजेन्द्र श्रेष्ठ, यादव अधिकारी, देव बस्नेत, मिलन राई, हिमालय श्रेष्ठ, झम्कबहादुर कार्की, सुरेश थापा, भक्त पाण्डे र बाबुराम थापा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
उनीहरुबाट ३ लाख रुपैयाँसमेत बरामद भएको काठमाडौं प्रहरीका प्रवक्ता मोहन थापाले बताए । पक्राउ परेकाहरुलाई सार्वजनिक अपराधको मुद्दा चलाइने उनले जानकारी दिए ।
प्रतिक्रिया