काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवा अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आकाशको अधिकार लिने र विमानहरु चल्ने बताएका छन् । भारतले अहिलेसम्म जमीनमा मात्रै होइन, आकाशमा पनि कञ्जुस्याइँ गरिरहेको बताए ।
आइतबार प्रदेश ५ को संसदमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले आफु भारत भ्रमण जाँदा नेपाललाई रुट दिने विषयमा कुरा भएको प्रधानमन्त्री ओलीको भनाई थियो । भारतले जमिनमा मात्र होइन आकाशमा कञ्जुस्याइँ गरिराख्नुपर्ने आवश्यकता नभएको उनले बताए ।
नेपालले काठमाडौं बाहिर तीनवटा अन्तर्रा्ष्ट्रिय विमानस्थलहरु पोखरा, भैरहवा र निजगढ विमानस्थल निर्माणका लागि प्रयासहरु भइरहेका प्रधानमन्त्री ओली बताए । तर, भैरहवा र निजगढ विमानस्थलमा उडान अवतरणका लागि भारतले आफ्नो आकाशको इजाजत दिन कञ्जुस्याइँ गर्दै आएको प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रतिक्रिया