काठमाडौं । नेपाली गायन क्षेत्रको विग रियालीरिलिटी शो नेपाल आइडलको दोस्रो सिजनका लागि धरान अडिसन सुरुभएको छ । शनिबार पहिलो दिन प्रि जर्ज राउण्ड धरानको विष्णु मेमोरियल स्कुलमा भएको हो ।
धरानमा पूर्व क्षेत्रका विभिन्न स्थानबाट गायन क्षेत्रमा चाख हुनेको उपस्थिति छ । अडिसन बिहान १० बजेदेखि सुरु भएको थियो ।
अडिसनको पहिलो चरणमा धरानका युवायुवतीको उल्लेखिय सहभागिता रहेको छ । फरक क्षमता भएका व्यक्तिको समेत उपस्थितिले नेपाल आइडलप्रतिको क्रेज बढिरहेको छ ।
नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेलले धरानमा सहभागीको उपस्थिति हाल सम्मकै उल्लेखनिय रहेको बताए । धरान आफैँमा कला संगीतक्षेत्रमा अब्बल योगदान गर्ने सहर हो भन्दै उनले नयाँ प्रतिभाको उपस्थितिले हामी उत्साहित भएको बताए ।
प्रतिक्रिया