देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एक सय ४० बालबालिकाको कंकाल भेटियो

देशान्तर

काडमाडौं । पेरुमा पुरातत्वविद्ले उत्खननका क्रममा भेटिएका प्रमाणअनुसार ठूलो संख्यामा बालबालिका बली दिएको हुन सक्ने ‘नेसनल जियोग्राफिक’ ले जानकारी दिएको छ । नेसनल जियोग्राफिकको अग्रतामा गरिएको यस अनुसन्धानको क्रममा करिब पाँच सय पचास वर्ष अघि पेरुको उत्तरी तटीय क्षेत्रमा एउटै समयमा १४० जना बालबालिकाको बली दिइएको पुरातत्वविद्ले बताएका छन् ।

फेला परेको प्रमाणका अनुसार बालबालिकाको यसप्रकार सबैभन्दा ठूलो संख्यामा बली दिइएको मानव इतिहासमा नै ठूलो घटनाको रुपमा लिन सकिन्छ । पेरुको टरुकिलियोमा त्यस्तो तथ्य फेला परेको जनाइएको छ । बालबालिकासँगै ऊँट प्रजातिको लामा भनिने दुई सयभन्दा बढी भेडाजस्ता बच्चा जनावरको बलि दिइएको देखिएको पुरातत्वविद्ले जानकारी दिएका छन् ।

त्यस अनुसन्धानको लागि नेसनल जियोग्राफिक सोसाइटीको आर्थिक सहयोगबाट भएको र अनुसन्धानको नतिजा पनि पहिलो पटक नेशनल जियोग्राफिककै वेबसाइटमा प्रकाशित गरिएको समाचारमा जनाइएको छ ।