काडमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालमा अब विदेशी हस्तक्षेप बन्द हुने बताएका छन । गोरखामा शनिबार पत्रकारहरुसँग कुराकानी गदैँ श्रेष्ठले पार्टी एकता ढिलाई हुनुको कारण पनि विदेशीचलखेलको भएको बताए । एमाले र माओवादी केन्द्र बिच पार्टी एकताका विषयमा कुनै पनि शंका नगर्न उनले आग्रह गरे
फरक पृष्ठभूमिबाट आएका दुई ठूला पार्टीको एकिकरण सहज नभए पनि त्यसको आधार भने तय भैरकेको नेता श्रेष्ठको भनाई छ । कुन पदमा को बस्ने भन्ने विषयले नै एकता प्रक्रिया अबरोध नभएको उनको जिकीर छ ।
पार्टी एकता सम्मानजनक समानताको आधारमा हुने उनले बताए । पार्टी एकताका विषयमा बाहिर जुन रुपमा चर्चापरिचर्चा भएको जस्तो ठूलै महाभारत भएजस्तो समस्या नभएको नेता श्रेष्ठले बताएका छन ।
प्रतिक्रिया