देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ’जनसरकार’ प्रमुख पक्राउ

देशान्तर

काठमाडौें । नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका जनसरकार प्रमुख पक्राउ परेका छन् । चन्दको जनसरकार प्रमुख भनेर गैरराजनीतिक गतिविधि गरेको आरोपमा जीतबहादुर पुलामी मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त प्ररही प्रमुख डीएसपी मेधराज अधिकारीले गए राति त्रियुगा नगपालिकाको चुहाडे क्षेत्रबाट विशेष सुराकीको आधारमा चुनावको बेला विद्युतीय धराप थाप्ने मुख्य योजनाकार मगर पक्राउ परेको जानकारी दिनुभयो । अधिकारीका अनुसार प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलाई विद्युतीय एम्बुस थाप्ने मुख्य योजनाकार मगरलाई शुक्रबार राति पक्राउ गरिएको हो ।

 

विभिन्न समयमा बम बिष्फोट गराएर क्षति र्पुयाएको र गएको प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलाई विद्युतीय एम्बुसमा पारी क्षतविक्षत गराउने मुख्य योजनाकार डिएसपी अधिकारीले बताउनुभयो ।गएको प्रदेश र प्रतिनिधिसभा चुनावमा उम्मेदवारलाई लक्षित गरी बम पड्काउने योजनाकार भएको प्रमाण प्रहरीले फेला पारेको छ ।