काठमाडौं । उत्तर र दक्षिण कोरियाका नेताले कोरियाली प्रायद्वीपमा युद्ध नगर्ने बाचा गरेका छन्, जसलाई शान्तिको एक नयाँ युगको सुरुवात भनिएको छ ।
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन मुन जे(इनले सीमा क्षेत्रमा भएको ऐतिहासिक वार्ता गरेपछि यो घोषणा गरेका हुन् ।
कोरियाली प्रायद्वीपलाई परमाणु हतियारमुक्त बनाउने लक्ष्यमा दुबै नेता सहमत भएका छन् । साथै १९५३ को युद्धविरामलाई शान्ति सम्झौतामा रुपान्तरण गर्ने सहमति पनि दुई कोरियाली मुलकबीच भएको बीबीसीले जनाएको छ ।
दुई देशले उत्तर कोरियामा संयुक्त कार्यालय खोल्ने घोषणा गरेका छन् । साथै यो वर्षको अन्त्यमा दक्षिण कोरियाका राष्ट्रपति मुनले उत्तर कोरिया भ्रमण गर्नेछन्
प्रतिक्रिया