काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गृह जिल्ला गुल्मीमा छोरीको नाममा १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन । उनले आफूले १० कक्षासम्म अध्ययन गरेको रिडी माविमा आफ्नी अपाङ्गता भएकी छोरी क्षितिज ज्ञवालीको नाममा क्षितिज विशेष प्रतिभा पुरस्कारका लागि अक्षयकोष स्थापना गरेका हुन ।
जन्मजात अपाङ्गता भएकी छोरीको नाममा स्थापना भएको सो पुरस्कार अपाङ्गगता भएका बिद्यार्थीहरुलाई पढ्न मद्दत गर्ने उद्देश्यले स्थापना गरिएको मन्त्री ज्ञवालीले बताए ।मन्त्री ज्ञवालीले गुल्मीमा छत्रकोट गाउँपालिका ५ खज्याङकी अस्मिता परियारको अभिभावकत्व लिएका छन ।
बीबीस्मृति प्राबि छत्रकोटमा २ कक्षामा पढ्ने परियारलाई भर्ना गर्दै उनले सम्पूर्ण खर्च व्यहोर्ने बताए ।मन्त्री ज्ञवालीले सरकारले सार्वजनिक शिक्षाको गुणस्तर बढाउन सुधारात्मक काम थालनी गरेको बताए
प्रतिक्रिया