देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नुवाकोटमा नेपालकै सवैभन्दा ठूलो सोलार प्लान्ट बन्दै

देशान्तर

काठमाडौँ ।  नुवाकोटमा २५ मेगावाटको नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्ट नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको छ । शुक्रबार उर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले देवीघाट केन्द्र परिसरमा स्थापना हुन लागेको सोलार प्लान्टका शिलान्यास गरेका छन ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलीयतपूर्ण ऋणमा निर्माण हुन लागेको प्लान्टको काम एक वर्ष्भित्रमा सकेर विद्युत राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखिएको छ ।

 

सोलार प्यालन राखेर त्यसमार्फत दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । प्लान्ट सञ्चालनमा आएपछि राष्ट्रिय प्रणालीमा रहेको उर्जा अभावलाई कम गर्न सहयोग गर्ने छ । काठमाडौं लोड सेन्टरबाट प्लान्ट नजिक रहेकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत आपूर्ति प्रणालीलाई थप विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्ने छ ।

 

प्लान्ट सञ्चालनमा आएपछि कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए, मध्यमस्र्याङदी, मस्र्याङदी, चिलिमे जस्ता अर्ध–जलाशययुक्तको जलाशयमा दिउँसो पानी सञ्चित गरी ती विद्युत केन्द्र विद्युतको माग बढी हुने बेलुका र बिहान (पिक समय) सञ्चालन गर्न मद्दत पुग्ने प्राधिकरणले जनाएको छ ।