देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदको अधिवेशन वैशाख २३ गते आहृवान गर्न सिफारिस

देशान्तर

काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन वैशाख २३ गते आहृवान गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले वैशाख २३ गते अपराहृन ४ बजे अधिवेशन आहृवान गर्न सिफारिस गरेकोहो ।

राष्ट्रपतिले अधिवेशन आहृवान गर्ने व्यवस्था छ ।  बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता रमादेवी पराजुलीलाई नियुक्त गरेको छ ।

यस्तै वीरगञ्जको एकीकृत भन्सार जाँच चौकीको भन्सार क्षेत्र निर्धारणको सूचना राजपत्रमा प्रकाशित गर्ने र आन्तरिक शान्ति र सुव्यवस्थासम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।