देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दाहालले भने- ‘म पनि शिक्षक पृष्ठभूमिबाट आएको हुँ’

देशान्तर

काठमाडौं । आफू पनि शिक्षक पृष्ठभूमिबाट आएको र नेपालको परिवर्तनमा शिक्षकहरुको भूमिका महत्वपूर्ण र निर्णायक भएको माओवादी अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।

विश्व शिक्षक संगठनको टोलीले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग शुक्रबार भेटवार्ता गर्ने क्रममा उनले यस्तो बताएका हुन्। संगठनका अध्यक्ष मफुजा खानमसहितको टोलीले दाहालसँग भेटवार्ता गरेको हो । साम्राज्यवाद विरोधी शिक्षकहरुको उक्त संगठनका ६ जना प्रतिनिधि भेटघाटमा सहभागी रहेका थिए ।

जसमा १ जना नेपालका, ३ जना भारतका र २ जना बंगलादेशका शिक्षक रहनु भएको थियो । विश्व शिक्षक संगठनले आगामी सेप्टेम्बर महिनामा नेपालमा १९ औं विश्व सम्मेलन गर्दैछ । सोही सम्मेलनको तयारीको सिलसिलामा नेपालमा भेला भएका विश्व शिक्षक संगठनका प्रतिनिधिहरुले दाहाललाई भेटेका हुन् ।

सो अवसरमा दाहालले विश्व शिक्षक संगठनको सम्मेलन नेपालमा गर्ने कुराले आफूलाई अत्यन्त खुसी लागेको बताए।