काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेका प्रर्दशनस्थलहरु असार १ गतेबाट लागुगर्ने भएको छ । यस अघिको सुरक्षा समितिको बैठकले वैशाख १६ गतेबाट माइतीघर मण्डला लागएका स्थानलाई निषेधीत क्षेत्र तोक्दै विरोध प्रर्दशन वा अन्य कुनै पनि प्रर्दशन गर्न नपाउने निर्णय गरेको थियो ।
तयारीका लागि केहि समय लाग्ने भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले विहिबार सूचना प्रकाशीत गरेका छन । असार १ गते बाट पुर्ववत निर्णय लागु हुने सूचनामा उल्लेख गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षतामा सुरक्षा समितिको बैठकले विरोध प्रदर्शन गर्ने स्थानबाट माइतीघर मण्डलालाई हटाएको थियो । त्यसको विरोधका विभिन्न संघसंस्थाले गृहमन्त्रालयमा ज्ञापनपत्र समेत बुझाउँदै आएका छन् ।
वैठकले काठमाडौंका ७ ठाउँलाई मात्र सार्वजनिक कार्यक्रम तथा प्रदर्शनस्थल तोकेको छ । वैशाख १६ गतेदेखि काठमाडौंको खुलामञ्च, तीनकुनेको खुल्ला चौर, भगवानपाउको भुईंखेलचौर, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाजकल्याणपरिषद अगाडिको खुला स्थान र गौशालाको सिफलचौरमा मात्र विरोध प्रदर्शन गर्न पाइने उल्लेख छ ।
प्रतिक्रिया