देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिदा कटौतीको बिरुद्ध मुस्लिम संघले आन्दोलन गर्ने

देशान्तर

काठमाडौं ।  नेपाली कांग्रेसको भातृसंस्था मुस्लिम संघ नेपालको दोस्रो महाधिबेशन यहि बैशाख १५ गते काठमाडौंमा हुदैछ । पार्टी कार्यालय सानेपामा हुने महाधिबेशनको उद्घाटन सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । महाधिबेशनका लागि प्रतिनिधिहरु काठमाडौंमा आउने क्रम शुरु भएको छ । उनीहरुबीच नेतृत्व चयनका बिषयमा पनि छलफल शुरु भएको छ ।

बाम गठबन्धनको सरकारले मुस्लिम, आदिबासी, जनजाति लगायतका समुदायका धर्म,संस्कृतिसंग जोडिएका चाडपर्बको बिदा कटौती गरेको बिरोध गर्दै ती सबै समुदायका सदस्यलाई आग्रह गरी महाधिबेशनपछि आन्दोलन गर्ने संघको तयारी छ ।

मुलुक संघीयतामा गएपछि हुन लागेको यो महाधिबेशनमा संघीय संरचनामा संघलाई कसरी अगाडि बढाउने र लोकतान्त्रिक शक्ति कांग्रेसलाई आगामी निर्बाचनमा कसरी मुलुकको पहिलो राजनीतिक शक्ति बनाउन सकिन्छ भन्ने लगायतका समसामयिक बिषयमा छलफल हुने संघका अध्यक्ष अब्दुल सत्तारले जानकारी दिए ।

महाधिबेशनमा ४३ जिल्लाका ४ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ । महाधिबेशनले आगामी दुई बर्षका लागि संघको नेतृत्व चयन गर्नेछ ।