देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आर्थिक कारोबारलाई व्यवस्थित बनाउन अर्थमन्त्री खतिवडाको निर्देशन

देशान्तर

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले विद्युतीय प्रणालीबाट सुरु गरिएको आर्थिक कारोबारलाई व्यवस्थित बनाउन मातहतका निकायलाई पनि निर्देशन दिएका छन । बुधबार बाट सरकारले सबै खालका सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्न सुरु गरेको छ । अर्थमन्त्री डा. खतिवडाले अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।

यस अवसरमा उनले आर्थिक कारोबारलाई सहज बनाउन सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट सुरु गर्ने कार्य आरम्भ गरिएको पनि स्पष्ट पारे ।

 

अर्थमन्त्री खतिवडाले अब छिट्टै राजस्व संकलनको सबै काम यही प्रणालीबाट सुरु हुने घोषणा पनि गरे उनले विद्युतीय प्रणालीबाट आर्थिक कारोबार गर्न आवश्यक कानून, कार्य्विधि र निर्दे्शिका निर्माणको काममा ढिलाई नहुने पनि स्पष्ट पारे ।यो सेवा केन्द्र बुधबार करदाता सेवा केन्द्र ठमेलबाट आरम्भ गरिएको छ ।