काठमाडौं । पहिलो फिल्म ‘ए मेरो हजुर २’ हिट भएपछि चकलेटी नायक सलिनमान बनियाको मागै बढ्यो । तर, कुनै फिल्म साइन नगरी उनी लामो समय बसे । अहिले आएर बल्ल उनले दोस्रो फिल्मको रुपमा ‘यात्रा’ मा साइन गरेका छन् ।
सलिनमानलाई आफल्नो चलचित्रमा लिएर यतिबेला दंग छन् निर्माता केशव भट्टराई । तर, उनका लागि कठिन दिनहरु आउँदैछन् । किनकी सलिनमानलाई उनले दिनमा ६ पटक खुवाउनुपर्ने छ । सलिनमानले देशान्तर मिडिया सँग भने मलाई दिनमा ६ पटक खानुपर्छ ।
समयमा खान पाइन भने मलाई रिस उठ्छ । रिस उठेपछि सुटिङ गर्न गाह्रो हुन्छ । उता निर्माता केशव भट्टराइलाई पनि यो कुरा अवगत भएको बताए । चलचित्र ‘ए मेरो हजुर २’को छायांकन चलिरहँदा समयमा खान नपाएको निहुँमा सलिनले ‘सुटिङ क्यान्सिल गरौ, म लागेको खर्च सबै तिरिदिन्छु’ समेत भनेका थिए ।
प्रतिक्रिया