देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धरहराको पुननिर्माण पुरानै र बलियो हुन्छ :प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म जे कारणले धरहराको निर्माण राकिएपनि अब नरोकिने बताए । धरहराको पुननिर्माण पुरानै तर बलियो गरी निर्माण हुने प्रधानमन्त्री ओलीको भनाई छ । गोरखा भूकक्पको ३ बर्ष पुगेको स्मरणमा राष्ट्रिय पुननिर्माण प्राधिकरणले धरहराको भग्नावशेषमा गरेको कार्यक्रममा मेरो धरहरा मै बनाउँछु अभियान सुरु गरे पनि धरहरालाई व्यापारिक केन्द्र बनाउन खोजेकाले पुर्ननिर्माण नभएको प्रधानमन्त्री ओलीले बताए ।

 

 

नेपालीको शान र मान बोकेको धरहराको पुननिमार्णमा धेरै विवाद नगर्न नागरिकसँग आग्रह गर्दै ओलीले स्वभिमानको धरहरा छिटै नै बन्ने बताए । नेपालका पुरातात्विक सम्पदा, धार्मिक आस्थाका केन्द्र र नेपाल चिनाउने सम्पदा अब गुमाए पनि फेरि ती सम्पदालाई भूकम्प अघिको जस्तै गरी पुनर्निर्माण गरिने उनले दावी गरे ।गत ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

 

 

भूकम्पमा झण्डै १० हजारले ज्यान गुमाएका थिए भने अर्बौंको भौतिक संरचनामा क्षति पुगेको थियो ।भूकम्प गएको तीन वर्ष पुगिसक्दा पनि घरबारविहीन भएका सबै पीडितहरुलाई छानोमुनि ल्याउन सरकारले सकेको छैन ।
यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो काठमाडौं दरवार परिसरको अवलोकन गर्ने कार्यक्रम छ । भूकम्पमा क्षति पुगेको दरबार परिसरका ऐतिहासिक सम्पदाको हाल पुनर्निर्माणको काम जारी छ ।