काठमाडौं । राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ललितकला प्रदर्शनी जारी छ । कलालाई जगेर्ना गर्ने उद्देश्यले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले वैशाख ६ गतेदेखि आठौं राष्ट्रिय ललितकला प्रर्दशनी सुरु गरेको हो ।
ललितकला अन्तर्गत पर्ने आधुनिक चित्र, परम्परागत चित्र, आधुनिक मूर्ति, परम्परागत मूर्ति, हस्तकला, लोककला, कला फोटोग्राफी, प्रतिस्थापन, कार्टुन, सर्ट भिडियो, पोस्टर र अन्य मल्टीमिडिया गरी जम्मा ४ सय ६२ कलाकारका ५ सय ५५ कलाकृति दर्ता भएको थियो भने ४०१ कलाकारका ४ सय ३६ कलाकृति छनोट भएका छन् ।
कला प्रदर्शनी र प्रतियोगिताहरुले कलाकारको कलाकारिताको पनि विकास गरिरहेको विभाग प्रमुख रमेश श्रेष्ठले बताए । एउटा चित्रको मूल्य कम्तीमा रु १० हजारदेखि बढीमा ५ लाखसम्म पर्ने श्रेष्ठ बताए ।
प्रतिक्रिया