नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले इतिहास, विचार र कार्यकर्तालाई साथ लिएर कांग्रेस अगाडि बढ्ने बताएका छन । उनले बर्तमान सरकार अपधनायकबादी र भ्रष्ट चरित्रको भएको ओराप पनि लगाएका छन ।
काठमाडौंमा आयोजित कार्यक्रममा कोईरालाले कांग्रेसकै चाहनामा माओवादी पहिलो पार्टी बनाएको र तेस्रोमा झार्ने काम पनि कांग्रेसले नै गरेको बताए । उनले नेकपा एमालेलाई पहिलो बनाएर तेस्रोमा र्पुयाउने पनि कांग्रेस नै भएको भन्दै सरकारको कार्यशैली प्रति असन्तुष्टि जनाए ।
महामन्त्री कोईरालाले पार्टीभित्र सैद्धान्तिक बहस सुरु भएको र कांग्रेस जनताको चाहना अनुसार परिवर्तन हुदै जाने बताए । उनले अहिलेको निर्वाचनमा कांग्रेस पछिपर्नुमा सबैको बराबरी हात रहेको भन्दै देष देखाएर मात्र कांग्रेसमा परिवर्तन नआउने बताए ।
उनले विगतका गल्ती सच्याउँदै पाँच वर्ष जनताकाबीचमा जानुपर्ने बताउदै परिणामुखी र वैधानिक तरिकाले पार्टी सन्चालन हुने कुरामा ढुक्क भएर काम गर्न कार्यकर्तालाई निर्देशन दिए । कोईरालाले कांग्रेस पराजित भएकै हो र अरुका कारण नभइ कांग्रेसले लिएका निति र व्यवहारले पराजित भएको बताए ।
प्रतिक्रिया