देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थानकोटको सिन्डिकेट पनि तोड्दै मयुर, २३ ठूला बसले सेवा थाल्ने

देशान्तर

काठमाडौं । अरनिको राजमार्गमा सिन्डिकेट तोडेर चर्चा कमाएको मयुर यातायातले थानकोटका यात्रुलाई पनि राहत दिने भएको छ । मयुर यातायातले नयाँ २३ वटा बस थानकोट(रत्नपार्क(धुलिखेलरपनौती रुटमा चलाउन तयारी गरेका छ ।

अहिले रत्नपार्क र रिंगरोडबाट थानकोट जाने रुटमा माइक्रो व्यवसायीहरुको सिन्डिकेट छ । त्यहाँ साँघुरा फोर्स माइक्रोबसको हालिमुहाली छ । त्यहाँ केही समयअघि साझा यातायातले जाने तयारी गर्दा स्थानीय यातायात समितिले बिरोध गरेका थिए । अब स्थानीय यातायात समितिको सिन्डिकेट तोड्दै मयुर थानकोट पुग्ने भएको हो ।

अहिले थानकोट पुग्न अधिकांश यात्रुलाई उभिएर, कोचिएर र झुण्डिएर यात्रा गर्नुपर्ने बाध्यता छ । मयुर यातायात प्रालिका अध्यक्ष मोहन श्रेष्ठले २३ मध्ये ६ वटा बस काठमाडौं आइसकेको र एक(दुई दिनमै सबै आइपुग्ने बताए । अब थानकोटसम्म पनि मयुरले सेवा दिन्छ । त्यहाँ यात्रुलाई निकै असुविधा रहेको हामीले पाएका छौं,’ उनले भने,’अबको १० दिनभित्र सेवा सुरु हुन्छ ।’

मयुरका ठूला बसले सेवा थालेपछि थानकोट, सतुंगल, नैकाप लगायतका क्षेत्रका यात्रुलाई सहज हुनेछ । मयुरका नयाँ २३ बस थानकोटबाट रत्नपार्क आएर धुलिखेल र पनौती पुग्नेछन् । त्यहाँबाट फर्किएका बस सोही रुट भएर पुन थानकोट नै जानेछन् । मयुर यातायातले निःशुल्क वाईफाईसहित ठूला बस ल्याएको छ । ठूला बसमा विभिन्न सुविधा पनि छन् । निःशुलक वाइफाइ सहितका यि बसमा फराकिला सिट छन् । मयुरले ४२ सिट क्षमताका ठूला बसहरु थानकोटमा चलाउन लागेको हो ।

अहिले चक्रपथ घुमेर धुलिखेलसम्म मयुरका २४ वटा बस चलिरहेका छन् । यात्रुलाई विकल्प दिन हामी ठूलो संख्यमा बस ल्याउँदैछौं । तत्कालै चक्रपथका लागि ५० वटा अरु बस पनि आउँछन्,’ अध्यक्ष श्रेष्ठले भने,’कसैले अवरोध गर्लान् भन्ने डर छैन । यात्रुलाई स्तरीय सेवा दिन प्रतिवद्ध भएर आएका हौं ।’मयुर यातायातले बनेपासम्म रुट इजाजत पाएपछि भएको विवादका कारण उत्पन्न परिस्थितिले सरकारले समितिहरुको खारेज गर्नेसम्मको अवस्था सिर्जना भएको छ । सरकारले समितिहरुलाई कम्पनीमा जानैपर्ने बाध्यात्मक व्यवस्था पनि गरेको छ ।