काठमाडौं । नेपाल धितोपत्र बोर्डले सी–आस्वाका लागि अनुमति प्राप्त बैंक तथा वित्तिय संस्थालाइ प्रभावकारी सेवा दिन निर्देशन दिएको छ ।
लगानीकर्ताले प्रभावकारी सेवा नदिएको भन्दै बोर्ड धाउन थालेपछि प्रभावकारी कार्यान्वयन गर्न पूँजी बजार नियामक धितोपत्र बोर्डले निर्देशन दिएको हो । खातामा पर्याप्त रकम भएको बुझ्दै नबुझी आवेदन बुझ्ने गरेको तथा चेकसमेत बुझ्ने गरेको जस्ता गुनासो बोर्डमा आएको थियो ।
बोर्डले सार्वजनिक निष्काशनमा सेयर खरिदका लागि प्राप्त भएको निवेदन सी आस्वा सफ्टवेयरमा रुजु गरेर ग्राहकको पहिचान पछि मात्र आवेदन लिन भनेको छ ।
यस्तै आवेदन दिएको बेला आवश्यक रकम उपलब्ध भएमा आवेदन बराबरको रकम रोक्का गर्न, सी–आस्वाबारे पर्याप्त जानकारी प्रचार प्रसार गर्न, सी–आस्वा कार्यान्वयनका लागि कर्मचारीलाई तालिम दिन बोर्डले निर्देशन दिएको छ ।
प्रतिक्रिया