देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्माजनक सहमति नभए पार्टी एकता नहुने : नेता मणि थापा

देशान्तर

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका नेता मणि थापाले संगठन संख्यामा सम्माजनक सहमति नभए पार्टी एकता हुन नसक्ने बताएका छन । देशान्तरसँग कुराकानी गर्दै नेता थापाले विचार र संख्यामा सहमति नभए एकता हुन नसक्ने बताएका छन ।

 

 

गणितको हिसाबले एकता हुन नसक्ने भन्दै नेता थापाले हरेक संगठन ५०–५० को अनुपातले मात्र एमालेसँग एकता सम्भव रहेको दावी गरे । एमालेको पछिल्लो अडान र गतिविधिले पार्टी एकतालाई जटिल मोडमा पुर्याएको नेता थापाको भनाई छ । सरकार सञ्चालनमा पनि प्रधानमन्त्रीले एकलौटी गर्न खोजेको भन्दै उनले यसले पार्टी एकतालाई थप जटिल बनाएको बताए ।

 

 

नेता थापाले विवादित सबै विषयलाई टुङयाएर मात्र एकताको मिति घोषणा गर्ने पक्षमा आफूहरु रहेको धारणा राखे । पार्टी नेतृत्व र संगठन सख्याको विवादले एकतालाई लम्ब्याएको भन्दै नेता थापाले विवादित विषयमा वैचारिक सहमती नभएसम्म पार्टी एकता हुनै नसक्ने बताए ।