काठमाडौं । सुनको मूल्य बुधबार तोलामा २०० रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । नयाँ वर्ष लागे यता सुन प्रतितोला ४ सय रुपैयाँले बढेको छ । तेजावी सुन भने प्रतितोला ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया